ओलीले पार्टी फुटाए देश र जनताप्रति गद्दारी हुनेछ : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।

नेकपा फुटको संघारमा रहेको नेताहरुको अभिव्यक्तिपछि नेता रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेको वताइरहेको बेला नेता रावलले थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्।

नेता रावलले आइतबार साँझ ट्वीट गर्दै ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्। यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’, भनेका छन्।

आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको भेटघाटमा सँगै हिड्न नसकिएको भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्