ओलीले बैठकका निर्णय अवज्ञा गर्दा पार्टीमा संकट पैदा भयो (पूर्णपाठ)

Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका पाँच शीर्ष नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी निर्णय कार्यान्वयन नगरेर पार्टीभित्र संकट पैदा गरेको आरोप लगाएका छन्। सचिवालय बैठक बोलाउन कात्तिक २२ गते ओलीलाई बुझाएको पत्रमा उनीहरुले सो आरोप लगाएका हुन्।

पत्रमा भनिएको छ, ‘स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो। पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो। तर व्यवहारमा त्यस्तो हुन सकेन। यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार हुनुहुन्छ।’

पत्रमा अगाडि भनिएको छ, ‘तपाईले पार्टी एकतालाई रक्षा गर्दै पार्टी र सरकारलाई बिचार,नीति तथा विधि ,पध्दतिका आधारमा सञ्चालन गर्ने मर्मका साथ लिइएको पार्टी निर्णयको कार्यान्वयनमा तत्परता प्रदर्शन गर्नुको सट्टा त्यसको अवज्ञा गर्नुभयो। यसले पार्टीमा पुनःसंकट उत्पन्न गरेको छ र आम पार्टी पंत्तिमा गम्भीर चिन्ता छाएको छ।’

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्