ओली कमरेड, बैठकबाट आतंकित नहुनुस् : नेता अधिकारी

लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद हरिराज अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि रहेको बताएका छन्।

उनले सामाजिक संजालमार्फत् नेकपाको एकता समाजवादको लागि भन्दै यो एकता हो प्रवेश नभएको बताएका हुन्।

सचिवालय जस्तो पार्टीको उपल्लो निकायमा प्रवृत्तिगत किटानी गरेर विषय उठान गर्दा केही कमरेडहरूमा देखिएको हतास मानसिकता र आतङ्क देख्दा दया लागेको उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सत्ता र शक्तिको दुरूपयोग गरेर कसैले आफूलाई चमत्कारिक महिमामन्डित गरिरहने, हजारौं नेता कार्यकर्ताले चुपचाप बसिदिन पर्ने ,समाजवादको मेसो केही नआउने,जनताले जीवनमा कम्युनिस्ट सरकारको अनुभुती नपाउने,चुनावी घोषणापत्र पूरा नहुने अबस्था के सहज हो र? अनि सचिबालय जस्तो पार्टीको उपल्लो निकायमा प्रवृतिगत किटानी गरेर विषय उठान गर्दा केही कमरेडहरूमा देखिएको हतास मानसिकता र आतङ्क देख्दा दया लाग्यो। अब समाधानको केन्द्र नेपाली बिशेषताको समाजवाद हो। सुधार गर्न र सुध्रन चाहनेले यो ल्याउछ ।किनभने बस्तुगत परिपक्वता बढेको छ।’

Hari

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्