ओली नसच्चिए गम्भीर नियति भाेग्नेछन्

binod tripathi
पत्रकार विनोद त्रिपाठी

पुष्पकमल दाहाल प्रचण्डका सयौं गल्ती र दर्जनौं अपराध छन्। युद्धको पृष्ठभुमिलाई एकछिन छोडेर हेर्ने हो भने नेकपाको सरकार गठन भएदेखि प्रचण्ड र केपी शर्मा ओली विच धेरै अन्तर रहेको प्रमाणित गरिदियो। प्रचण्डले ओलीका खांतिर आफ्नो पोजिसन पुरै बिर्सिदिए। र पुरै ओलीलाई सहयोग र नेकपाको इमोसनल अपनत्वमा रमाउँदै गए। तर ओलीमा झन झन कुण्ठा भरिंदै गयो र ओलीका सल्लाहकारहरु बेहोसमै बोल्दै गए।

प्रचण्डले केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन आम जनताका आवाज घुलित छन् । यसमा प्रचण्डले निकै सुझबुझपुर्ण तरिकाले प्रतिवेदनमा देश, जनता र पार्टीका कुरा उठाएका रहेछन् । प्रचण्डकोे प्रतिवेदनलाई त जनस्तर र प्रतिपक्ष कांग्रेसका नेताबाटै प्रशंसा भयो । तर, उता केपी शर्मा ओलीको पत्र आग्रह पुर्वाग्रह र गुण्डागर्दी शैलीबाट मात्र प्रेरित भएको जनस्तरबाट प्रतिक्रिया आएको छ। कसले बनाइदिएको होला ओलीको प्रतिवेदन (प्रचण्डलाई पत्र) रु प्रचण्डको पत्रको जवाफ दिन ओलीलाई निकै सकस भएपछि आजको सचिवालय बैठक १० दिन पर धकेलिएको छ।

अर्को कुरा, ओली पक्षले प्रचण्डको नाममा तयार प्रतिवेदन (पत्र) प्रचण्डको मात्र भनेर लगाएको आरोपलाई आजै माधब नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सामुहिक रुपमा जिम्मेवारी लिएपछि ओली पक्ष पुरै हच्कियो र बाध्य भएर ओली स्वंयले भन्नुपर्यो, यसको पुरै जवाफ म १३ गते नै दिनेछु। जहाँ कि हिजोसम्म प्रचण्डले सोधेको पत्रको जवाफ नदिने अडान ओली समुहले गरेको थियो।

समग्रमा अब सत्तारुढ नेकपा पुरै धुब्रिकृत भइसकेको छ। प्रचण्ड–नेपाल समुहले ओली समुहलाई अन्तिम मौका दिने निर्णय बमोजिम १३ गते सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ। आजैको बैठकमा बरिष्ठ नेता नेपालले ओलीलाई भनिदिए, ‘तपाईं जिम्मेवारी नबन्ने हो भने प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुस।’

पछिल्ला दिनहरुमा अन्य दलहरुका नेताहरुले पनि ओली पक्षको अराजकता र प्रचण्डको संयमताको चित्रण गरेका छन्। सारांशमा के बुझ्न सकिन्छ भने, चुनावको परिणाम आएदेखि अहिलेसम्म साढे दुई बर्ष अबधीमा ओली पक्षको अभिमान र उन्मादले अब बिस्तारै उनिहरु स्वंयलाई मज्जाले पोल्दै गएको छ। संभवत, अब ओली पक्षले पश्चाताप गर्ने वाहेक अर्को उपाय छैन। किनकी ओली पक्षले गरेको ज्यादती, महंगी, भ्रष्टाचार, बिचौलिया भर्ति, अराजक, पार्टीमा एकाधिकार, गुटको संरक्षक र राज्य दोहनप्रति सम्पुर्ण दलहरु, नागरिक समाज, सर्वसाधारण र आमजनता सबै जानकार छन्। हैरान बनिसकेका छन्। यो कुरा प्रचण्ड भन्दा अघि सरेर माधब नेपाल पक्षले बारम्वार ओली पक्षलाई प्रश्न तेर्साइरहेको छ। आजको सचिवालय बैठकमा समेत यो कुराको संकेत र जवाफको माग माधब नेपालले गरेका थिए। अबको १० दिन ओली पक्षका व्यक्तिहरुमा संयमता देखिएन भने प्रचण्ड–नेपाल पक्षले १३ गतेको सचिवालय बैठक पर्खने पक्षमा छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्