कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन मन्त्रीको निर्देशन

Girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं, २० कार्तिक। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

कोरोना जोखिमको विषम स्थितिमा परीक्षा सञ्चालनको तयारी गर्न बोर्डलाई मन्त्री पोखरेलले सो निर्देशन दिएका हुन् ।

आगामी मङ्सिर ९ देखि १६ गतेसम्म कक्षा १२ को परीक्षा हुँदैछ। परीक्षाको सन्दर्भमा विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डेटामार्फत् सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन मन्त्रीले निर्देशन दिएका छ्न् ।

बोर्डले यसअघि नै विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको थियो। तर अनलाइन परीक्षासम्बन्धी स्पष्ट ढाँचा कस्तो हुने अन्यौल छ।

यसपाली कक्षा १२ को परीक्षा अन्तर्गत ४० प्रतिशत प्राप्ताङ्कका लागि आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । लामो समयको गृहकार्य र अन्यैलपछि झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्