कफी पिउँदै हुनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने केही तथ्य

coffee
लोकपाटी न्यूज

काठमाडौं। कुनै समय थियो, कफी केही सहरिया ‘एलिट’ परिवारका लागि प्रतिष्ठाको वस्तु थियो। विस्तारै कफी एक संस्कार बन्न थालेको छ। र, कुनै बेला ‘कुलत’सँग तुलना गरिने कफीका बारेमा कैयौं अध्ययनहरूले स्वास्थ्यका लागि फाइदा हुने पनि देखाएका छन्।

खसगरी क्याफिन संसारकै मनोवैज्ञानिक औषधिका रुपमा प्रचलित छ। अहिले कफीलाई त्यो क्याफिनको प्राकृतिक स्वरुप मान्न थालेका छन्। यद्यपि कफीले स्वाथ्यमा गर्ने हानीबारे आउने हल्लाहरुले कफि पिउनेहरुलाई अझै पनि अलमल्याइरहन्छ।

‘पहिले कफीलाई कुनै कुलतका रुपमा हेरिन्थ्यो,’ इन्र्टनेश्नल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) का पोषण तथा मेटाबोलिजम शाखाका प्रमुख मार्क गुन्टरले भनेका छन्। सन् १९८० देखि ९० सालमा भएको एक अध्ययनमा कफिले मुटुको रोग लाग्छ भनेर निष्कर्ष निकालेको थियो। जुन अहिलेसम्म पनि सुन्न पाइन्छ।

कफी, क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित छ किनकी यसमा एक्रिमाइल्ड, कार्सिनोजेनिक भन्ने तत्व हुन्छ, जसले क्यान्सर गराउँछ। यो तत्व टोस्ट, केक र चिप्समा पनि पाइन्छ। तर आइएआरसीका अनुसार तातो नहुँदासम्म कफीमा कार्सिनोजेनिक हुँदैन।

यसलाई ६५ डिग्री सेल्सियस (१४९ फेरेनाइट) भन्दा माथिसम्म तातो बनाएर खाएमा कार्सिनोजेनिक तत्व हुन्छ। यी अवगुणसँगै कफीका धेरै गुणहरुका बारेमा पनि अध्ययन भएका छन्। केही अध्ययनका अनुसार, कफीले कोलोन क्यान्सर दोहोरिन दिँदैन वा फौलिनबाट जोगाउँछ, भन्ने आधारहरु पत्ता लगाएका छन्।

२०१७ मा गुन्टरले एक अध्ययन प्रकाशन गरेका थिए जसमा युरोपेलीहरुमा कफी पिउने बानीका बारेमा बताइएको थियो। १६ वर्षको अन्तरालमा झण्डै ५ लाख युरोपेली कफीको लतमा डुबिसकेका थिए। जसले धेरै कफी खाएका थिए, उनीहरुमा मुटुको रोग, स्ट्रोक र क्यान्सर हुने सम्भावना कम पाइएको थियो।

अमेरिकामा गरिएको अनुसन्धानले पनि सोही नतिजा दिएको थियो। गुन्टरका अनुसार कफी नखानेहरुको तुलनामा दैनिक ४ कप भन्दा बढी कफी खाने व्यक्तिमा थोरै रोग भएको पाइएको छ। उनको अध्ययनले चुरोट तथा रक्सी पिउनेहरुको तुलनामा कफीमात्रै पिउनेहरु बढी स्वस्थ रहेको देखिएको थिया।

त्यस्तै ब्रिस्टोल विश्वविद्यायलका पिटर रोजर्सले कफी पिउनेहरुको ब्यवहार, उनीहरुको स्वभावजस्ता विषयमा अध्ययन गरेका थिए। दैनिक कफी पिउने मानिसहरुको प्राय उच्च रक्तचाप देखिन्छ, जसले गर्दा मुटुको रोग हुनसक्ने सम्भावनाका बारेमा पनि बहस हुँदै आएको छ।

तर रोजर्स भन्छन्, ‘कफी पिएर उक्त रक्तचाप हुने र यसले मुटुको रोग गराउँछ भन्ने कुनै प्रमाण छैन।’ बेलायतको बाथ विश्वविद्यालयले राति राम्ररी नसुतेको व्यक्तिमा कफी खाएपछि कस्तो असर गर्छ भनेर अध्ययन गरेका थिए।

अध्ययनका अनुसार सहभागीहरुले बिहानको नास्तामा कफी खाएका थिए र उनीहरुको शरीरमा चिनीको मात्रा धेरै बढेको पाइएको थियो। यहि प्रक्रिया दोहोरिएमा अरु पनि समस्या आउनसक्ने निश्कर्ष यो अध्ययनको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्