कम्युनिस्ट आन्दाेलन बिसर्जन गरेकाे टुलुटुल हेरेर बस्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

Narayankaji shrestha
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलन बिसर्जन गरेको टुलुटुल हेरेर बस्न नसकिने बताएका छन्। पार्टी एकताको रक्षा गर्दै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न नदिनु पर्नेमा जोड दिएका छन्।

नेता श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत्  सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही नभएको समेत बताएका छन्। तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने बताएका छन्।

नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्,‛पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं। राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं। तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं।’

Capture

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्