कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरमार्फत् उद्दार

लाेकपाटी न्यूज

काठमाडौं, २२ कात्तिक। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएपछि माउन्टेन हेलिकप्टरबाट उद्दार गरेर अहिले सुर्खेत ल्याइएको छ।

घोडाबाट लडेर मुख्यमन्त्री शाहीलाई सामान्य चोट लागेको छ। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेका हुन्।