काँग्रेस शीर्ष नेताहरुको बैठक बस्दैं

Nepali Congress
  • 10
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २० कार्तिक। नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक बिहीबार बस्दैछ। कांग्रेस पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन्।

पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ।

कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न भोली केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक बोलाएका हुन्।

क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको आइरहेको छ। महाधिवेशन नजिकिएका बेला सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन्। देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्