कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना पोजिटिभ देखिएको छ। शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पोजिटिभ देखिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिरसिद्धिकी र कृष्ण किशोर घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बिहान आएको कोरोना परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। उनकाअनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भने बिहीबारनै २४ कात्तिक दिउँसो १ बजेसम्मका लागि स्थगित भइसकेको छ।