कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

Congress_CCM_
लाेकपाटी न्यूज

काठमाडौं, २० कार्तिक। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पार्टीमा जारी विवाद समाधानबारे सहमति नभएपछि शुक्रबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो।

पदाधिकारी बैठकमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेका लागि सारिएको जानकारी दिए। उनले शुक्रबारको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोध पत्रमा केन्द्रित रहेको पनि बताए।

नेता साउदकाअनुसार सभापति शेरबहादुर देउवाले छलफलका क्रममा विभाग गठनबाहेकका अन्य विषयमा सहमति गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन्। यस्तै उनले पौडेल समूहले भनेझै १४ औं महाधिवेशनको मिति तय गर्न पनि आफू तयार रहेको बताएका छन्।
नेता साउदका अनुसार कांग्रेस पदाधिकारी बैठक शुक्रबार पनि जारी रहने छ।

यसअघि गत सोमबार बसेको केही केन्द्रीय सदस्यसहित बसेको पदाधिकारी बैठकबिना निष्कर्ष टुंगिएको थियो। मंगलबार फेरि बस्न भनिएको पदाधकिारी बैठक भने प्रतिनिधिसभा सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा स्थगित भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्