कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा केही सुधार

min b.k (1)
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। कोरोना संक्रमण भई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा केही सुधार आएको छ।

कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा सारिएका नेताको स्वास्थ्यमा केही सुधार आएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘उहाँको स्वास्थ्य सुधारको प्रकृयामा छ। हिजो अस्तिभन्दा केही सुधार आएको छ। अक्सिजन स्याचुरेसन ४२ दिँदा ९०–९२ छ। हिजोसम्म उहाँलाई घोप्टो पारेर सुताइरहेका थियौँ। आज उत्तानो पारेर सुताउँदा पनि उहाँलाई श्वास फेर्न गाहो भएको छैन।’

उनको स्वास्थ्यमा जटिर समस्या देखिएका कारण अझै केही समय प्रतीक्षा गर्नु पर्ने उनले बताए। उनले भने, ‘ठिक भयो भनेर खुसी हुने अवस्था पनि छैन। केही समय पर्खिनु पर्छ। हुन त उहाँका शरीरका सबै अङ्ग ठिक छन्। प्रेसर कन्ट्रोलका लागि भने थोरै औषधी चलाएका छौँ।’
कात्तिक १ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसन बसिरहेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि वीर अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्