कांग्रेस शीर्ष नेताको बैठक स्थगित

Nepali-congress
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनले शीर्ष नेताको बैठक स्थगित  भएको छ। केसी बहालवाला सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्।

केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने जनाइएको छ।

केसीको निधनको शोकमा शीर्ष तहका नेताको बैठक मंगलबार नबस्ने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

सोमबारको बैठकमा विवादित विषयमा समाधान ननिस्किएपछि मंगलबार १ बजे बस्ने गरि बैठक टुंगिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्