कांग्रेस सांसद केसीको निधन

Surya-Bahadur-KC
लाेकपाटी न्यूज

पोखरा, १८ कार्तिक। प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति घरमै निधन भएको छ।

केसीको ६३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ। राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुन्।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए। रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न व्यवसायमा उनी सफल थिए। उनमा सुगर र प्रेसर रोगको समस्या थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्