काठमाडौंका यी स्थानमा तीन घण्टा बत्ति नआउने

pic
  • 4
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। आज काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने भएको छ। विद्युत् आज बिहान ७ देखि १० बजेसम्म कटौती हुनेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने जनाइएको छ।

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्