काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

corona_virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएका नमुना परीक्षणका क्रममा ४ सय ८४ महिला र ६ सय २३ पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौंमा ९ हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ७८३ तथा ललितपुरमा २२२८ संक्रमित रहेका छन्।

पछिल्लो २४ घटामा देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा नेपालमा १ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। शुक्रबार २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको कूल संख्या १ हाजर २९८ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्