काठमाडौं उपत्यकामा थप १२०७ जनालाई कोरोना संक्रमण

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं, २८ कात्तिक। काठमाडौं उपत्यकामा आज एकै दिन १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर २१ सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १२ सय ७ जना थपिएसँगै जोखिम बढेको छ।

त्यसैगरी आज २४ घन्टामा ३५३७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन्। आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ६८ हजार १ सय २९ रहेको छ। देशभर कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ।

आज काठमाडौं उपत्यकामा थपिएका १२ सय ७ जना मध्ये ५२६ महिला र ६८१ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्