काठमाडौं उपत्यकामा थप १५१२ जनालाई कोरोना

corona_test
लाेकपाटी न्यूज

काठमाडौं, २२ कार्तिक। काठमाडौं उपत्यकामा १४१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन्।

हाल देशभर सक्रिय संक्रमितमध्ये २८ हजार ९२० जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। यस्तै हाल देशभर ३६५ जना आईसीयू र ७६ जना भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ पुगेको छ।

मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ। यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्