काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना

corona_virus
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ गरी जम्मा १६३० जना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ।

पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्