काठमाडौं उपत्यकामा मात्र २० हजार सक्रिय संक्रमित

corona_infection
लोकपाटी न्यूज

काठमाडौं। उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन्। देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

यसमा, काठमाडौं जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन्। आज मात्र उपत्यकामा एक हजार ४२८ जना संक्रमित भएका छन्। तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन्। देशभर ३६ हजार १७४ सक्रिय संक्रमित हुँदा काठमाडौं उपत्यकामा १९ हजार ३८४ जना रहेका छन्। काठमाडौं जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय संक्रक्रमित रहेका छन।

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन्। तीमध्ये काठमाडौं जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन्। देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ। देशभर एक हजार १२६ जना संक्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन। तीमध्ये काठमाडौं जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन्।

अहिलेसम्म काठमाडौं जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन्। अहिले देशभर ३६ हजार १७४ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको सघन उपचार कक्ष (आईसीयू) र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन्। हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्