काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं, २७ कार्तिक। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ९७३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयले आज देशभरमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्