कोरोनाका कारण थप तीन जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन्। उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषका आज बिहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो।

केही दिन अघि देखि ज्वरो खोकिबाट बिरामी भएकी उनलाइ कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो। त्यस्तै पर्साको धोविनी गाउपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो। उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्