कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १९ कार्तिक। कोरोना भाइरसको सङ्क्रमणबाट थप ३० जनाको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ। बुधबार देशभर पछिल्लो २४ घन्टायता ३ हजार ३ सय ९ जना कोरोना ९कोभिड९१९० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ।मन्त्रालयका अनुसार एकै दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्