कोरोनाबाट एकै दिन २१ जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २३ कात्तिक। नेपालमा २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या ११ सय आठ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर आइतबार थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी संक्रमणमुक्त भएर २८ सय १२ जना डिस्चार्ज भएका छन्।

सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय १९ छ। संक्रमितमध्ये तीन सय ९८ जनाको आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्