कोरोनाबाट रेडक्रसका पूर्व केन्द्रीय सदस्य नेपालको मृत्यु

corona-death_
लाेकपाटी न्यूज

झापा, २५ कार्तिक। नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी रेवतिरमण नेपालको सोमबार राति निधन भएको छ। नेपालको कोरोना संक्रमणका कारण सोमबार राति निधन भएको हो।

हल्दिबारी गाउँपालिका निवासी ७० वर्षीय नेपाललाई १० दिन अघि मेची प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई सोही दिन उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल पु¥याइएको थियो।

पारिवारिक स्रोतका अनुसार सुरुवाती समय देखि नै नेपाललाई सुख्खा खोकी र स्वासप्रस्वासमा समस्या देखिएको थियो।

अन्य कुनै दीर्घ रोग नभएका नेपालको उपचारका क्रममा नोबेल अस्पतालमै सोमबार राति ११ः४५ मा निधन भएको नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला अध्यक्ष लोकराज ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्