कोरोना परीक्षण कम भएसँगै संक्रमित घटे, आज कहाँ कति थपिए ?

corona_test
लाेकपाटी न्यूज

काठमाडौं। पीसीआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमित संख्या पनि कम देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ५०२ जनामा संक्रमण देखिएको छ। तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन्।

सोमवार ४ हजार ८३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १९७ जनामा संक्रमण देखिएको थियो। नयाँ संक्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन्। यस्तै ३० हजार ९८६ सक्रिय संक्रमित रहेका छन्।

आज देखिएका संक्रमितमध्ये ३३९ जना उपत्यकाका छन्। तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन्। प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ।

यस्तै संक्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियू) मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।आइसियूमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन्। भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन्।

२,८७८ निको

त्यस्तै आज २ हजार ८७८ जना संक्रमित निको भई घर फर्किएका छन्। अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन्। नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ।

१७ को निधन

आज कोभिड–१९ को संक्रमणबाट १७ जनाको निधन भएको छ। अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ। यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन्।

शून्य संक्रमित भएको जिल्ला मनाङ छ। पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्