कोरोना संक्रमणका कारण थप ६ जनाको निधन

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ, सुनसरी, बागलुङ, उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन्।

विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा विराटनगर ११ का ४९ वर्षीय पुरुष र धरान १५ का ६३ वर्षीय पुरुषको मृत्यु रहेका छन्।

त्यस्तै धौलागिरी अस्पताल बागलुङमा उपचाररत बाग्लुङ नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत कात्तिक १२ गते गम्भीर बिरामी भएपछि अस्पताल भर्ना भएको ६६ वर्षीय पुरुष सुगर थाईराड तथा प्रेसरको विरामी थिए।

त्यस्तै उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षिय एक पुरुषका आज विहान विराटनगर स्थित कोसी अस्पतालमा मृत्यु हो। केही दिन अघिदेखि ज्वरो खोकीबाट बिरामी भएका उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरीएको थियो।

त्यस्तै पर्साको धोविनी गाउँपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो। उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्