कोरोना संक्रमणबाट प्रेस स्वतन्त्रता सेनानी बर्माको निधन

Sitaram_Prasad_Barma
  • 10
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २१ कात्तिक। नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व सीतारामप्रसाद बर्माको निधन भएको छ।

कोरोना संक्रमण देखिएपछि केही दिन अघिदेखि काठमाडौंको किष्ट अस्पतालमा उपचाररत बर्माको शुक्रबार बिहान निधन भएको हो।

उनले प्रेस स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए। जीवनको झण्डै तीन दशक पत्रकारितामा सक्रिय बर्माले केही समयअघि कोरोना संक्रमणबाट आफ्नो पत्नीलाई गुमाएका थिए।

बर्मा धादिङबाट राष्ट्रिय समाचार समितिमा विगत २७ वर्षदेखि जिल्ला संवाददाताको रुपमा कार्यरत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्