कोरोना संक्रमणबाट वडाध्यक्ष मोक्तानको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

जनकपुर। धनुषामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो।

७० वर्षीय मोक्तान आइसोलेसनमा भर्ना भएको चौथो दिन मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए। गत सोमबार ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्य क्लिनिकमा उपचार गराएका थिए।

शारीरिक अवस्था कमजोर हुँदै गएपछि मंगलबार प्रादेशिक अस्पतालमा भर्ना भए। त्यहाँ स्वाब संकलन गरी जाँच गर्दा कोरोना संक्रमित देखिएको र शरीरमा अक्सिजन कम हुँदै गएपछि आइसोलेसनमा राखेर उपचारका क्रममा बिहीबार मृत्यु भएको नगर प्रमुख मण्डलले जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्