कोरोना संक्रमित कलाकार गजुरेलको अवस्था गम्भीर

Manoj-Gajurel
लाेकपाटी न्यूज

काठमाडौं, २१ कात्तिक। कोरोना संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर बन्दै गएपछि बिहीबार आईसियुमा सारिएको छ।

बुधबार थप उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएका उनलाई बिहीबार आईसियुमा सारिएको हो। कोरोना संक्रमण देखिएपछि उनी घरमै आइसोलसनमा बसिरहेका थिए।उनले आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए।

उनले सोमबार फेसबुकमार्फत् आफ्नो अवस्थाबारे जानकारी दिएका थिए। ‘अझै पुर्ण सुधार भैसकको छैन। शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ। माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन तर स्विचअफ भने गरेको छैन,’ उनले लेखेका थिए, ‘किनभने साईलेन्ट नै सही, तपाईंका कल, म्यासेज र कामनाका तरंगले आत्मवल उच्च बनाई रहेको छ। सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस्। संक्रमितहरुलाई आत्मबल मिलोस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्