कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल

min b.k (1)
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ कार्तिक। कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। कोरोना संक्रमित उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ। उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो।

वीर अस्पतालमा परीक्षणका क्रममा कोरोना देखिएपछि उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। निमोनियाको संक्रमणले उनको फोक्सोमा धेरै प्रभावित बनाएको परिवार स्रोतले जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार आउन अझै केही समय लाग्ने बताएका छन्।

उनको स्वास्थ्य अवस्था केही जटिल भएका कारण विश्वकर्मासाथै स्वास्थ्य अवस्था बिग्रिएका कारण आइसियूबाट भेन्टिलेटरमा सार्नुपरेको अस्पताल स्रोतले जनाएको छ।यसैबीच विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न कांग्रेसले माग गरेको छ। शनिवार कांग्रेस सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी उपचारमा सहयोग गर्न आग्रह गरेका थिए।

त्यस्तै कांग्रेस संगठन विभागका प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले कोरोना संक्रमित विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान सरकारसँग माग राखेका छन्। श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उपचारको लागि एयर एम्बुलेन्समार्फत् दिल्ली लान आग्रह गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्