पोखरा, १९ कार्तिक। गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
रुघाखोकी र ज्वरो आएपछि मंगलवार स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनको बुधवार रिपोर्ट पोजेटिभ आएको हो।
शुरूआतका दिनमा ज्वरो आएकोमा अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले केही दिनमा पूर्ववत् काममा फर्किने मन्त्री थापामगरले विश्वास व्यक्त गरेका छन्।