गुल्मीको रेसुङ्गा नगरपालिकामा लकडाउन घोषणा

Lockdowan logo
लाेकपाटी न्यूज

बुटवल। गुल्मीको रेसुङ्गा नगरपालिकामा ९ दिन लकडाउन हुने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिब्र रुपमा समुदायस्तरमा फैलिएको हुँदा लकडाउन गर्नुपरेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख डिल्लीराज भुसालद्धारा जारी गरिएको सूचनामा बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन लागू हुनेछ। लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाइएको छ। पालिका कार्यालय र वडा कार्यालयमा अत्याबश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन्।

यस अवधिमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रव्यदृष्य, श्रव्यपाठ प्रशारण तालिकाअनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने जनाइएको छ। कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधि, मापदण्ड पुरा गरि सुचारु गर्ने समेत जनाइएको छ।

त्यस्तै तरकारी फलफूल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने जानकारी समेत नगरपालिकाले दिएको छ। अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने जनाइएको छ।

उद्योगधन्दा, निर्माण कार्य जुन ठाउँमा सञ्चालन गरिएको छ, सोही स्थानमा कामदारलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्ने, बैङ्क तथा वित्तिय संस्थाहरुलाई अत्यावश्यक सेवा प्रदान गर्न भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्