गोकुल बाँस्कोटाको ट्वीटः ‘प्रधानमन्त्री ओलीमाथि कारबाहीको तयारी’

Gokul Baskota
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपाणका नेता गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाहीको तयारी थालेको संकेत गरेका छन्। समाजिक सञ्जाल ट्वीटरमार्फत नेता बाँस्कोटाले अध्यक्ष ओलीमाथि कारबाहीको तयारी थालिएको संकेत गरेका हुन्।

व्यंग्यात्मक शैलीमा उनले भनेका छन्,‘जीम्वालबाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे! भर्खरै सुनाए। पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’ यता बहुमत सचिवालय सदस्यले अध्यक्ष ओलीले बैठक नबोलाए प्रक्रियागत हिसाबले कार्यकारी अधिकार प्रयोग गरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाउने तयारी गरेको नेकपाका एक नेता बताउँछन्।

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केहीदिनयता विवाद बढ्दै गएको छ। शनिबार कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले पार्टी सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित आग्रह गरेका थिए। बहुमत सदस्यले दुईदिनभित्र सचिवालय बैठक बोलाउन लिखित अनुरोध गरेका थिए। तर उक्त भेटमा ओलीले कुनै निष्कर्ष दिएनन्।

बैठक बोलाउन बहुमत सदस्यले दिएको ४८ घण्टे अल्टिमेटम भने सोमबार सकिएको छ। सोमबार सचिवालय सदस्यले दिएको पत्रमा तोक लगाउँदै अध्यक्ष ओलीले पनि महासचिव विष्णु पौडेललाई दूतको रूपमा खुमलटार पठाएका थिए। महासचिव पौडेलमार्फत ओलीले पार्टी बैठक १५ दिनपछि मात्रै बस्न सक्ने संकेत गरेका थिए। तर, प्रचण्डले मंगलबार सम्म बैठक नबोलाए प्रक्रियागत हिसाबले कार्यकारी अधिकार प्रयोग गर्ने नेकपाका एक नेताको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्