गोरखाका सिडियो भट्टराईलाई कोरोना संक्रमण

pic
लाेकपाटी न्यूज

गोरखा, १७ कार्तिक। गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना पोजिटिभ देखिएको छ।क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाब परीक्षणको क्रममा सोमबार प्रजिअ भट्टराईको कोरोना रिपोट पोजिटिभ आएको हो।

स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालका अनुसार सामान्य रुघाखोकी देखिएपछि शुक्रबार प्रजिअ भट्टराईको स्वाब लिएर परीक्षणका लागि पोखरा पठाइएको थियो।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बिहीबारबाटै होम आइसोलेसनमा बसेका प्रजिअ भट्टराईले बताए।संक्रमण पुष्टि भएकोबारे प्रजिअ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि जानकारी गराएका छन्।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार सोमबार गोरखाका प्रजिअसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्