घरको छतबाट खसेर १८ महिने बालकको मृत्यु

sab-baby-death
लाेकपाटी न्यूज

चितवन, २३ कार्तिक। घरको छतबाट खसेर खैरहनीमा एक बालकको मृत्यु भएको छ। खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी रामशरण कार्कीको १८ महिनाको छोरो कृजन कार्कीको मृत्यु भएको हो।

शनिबार दिउँसो घरको दुई तला माथिबाट खसेर घाइते भएका बालकको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्