चाइनाको बिभिन्न सहरबाट भरतपुर महानगरलाई स्वास्थ्य सामग्री सहयोग

लाेकपाटी न्यूज

चितवन । भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६ सय डलर अर्थात ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री प्राप्त भएको जानकारी गराइन् । सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताइन् ।

यसअघि चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुपैयाँ बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्