चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज

Chitrabahadur kc
लाेकपाटी न्यूज

काठमाडौं, २ मंसिर। कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन्।

अघिल्लो मंगलबार राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले आज डिस्चार्ज गरेको हो।

पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।

उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिएका छन्। आफ्नो स्वास्थ्यप्रति चासो राख्ने देश विदेशमा रहेका पार्टीका समर्थक, शुभचिन्तक, विभिन्न पार्टीका नेताकार्यकर्ता तथा उपचारमा संलग्न चिकित्सक र नर्सहरुप्रति आभारी रहेको केसीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्