जन्ती बोकेको जीप दुर्घटना, ६ बच्चासहित १४ को मृत्यु

Accident-1
लाेकपाटी न्यूज

काठमाडौं। उत्तर प्रदेशको प्रतापगढ जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ बच्चासहित १४ जनाको मृत्यु भएको छ।

बिहीबार राति सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन्।

प्रहरीले चालकलाई निद्रा लागेपछि दुर्घटना भएको अनुमान गरेको छ। रोकिरहेको ट्रकमा जीप ठोक्किँदा पूर्णरुपमा क्षति भएको छ। प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ।

मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन्। उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए।जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्