जिपको ठक्करबाट एक बालकको मृत्यु

accident
राजेन्द्र बिक

बाजुरा। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बुढिगंगा नगरपालिकाको बल्दै जाँदै गरेको जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्बर १ कुणी गाउँका रति लुहारका छोरा वर्ष १० का रमेश लुहार रहेका छन्।

बिहान ९ बजेर ५० मिनेटमा सो घटना भएको र तत्काल बच्चालाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको र उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सु प त ०१ ज १०२००३ नम्बरको जिपले ठक्कर दिएर घाइते बनाएको र बच्चालाई उपचारका लागि बयालपाटा अस्पताल पुर्याउंदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए।

गाडी ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी महाराले बताए। उनका अनुसार घटनाको सत्य तथ्यका बारेमा अनुसन्धान भइरहेको छ।