जीवा लामिछानेको ‘देश देशावर’ बजारमा

Desh Deshawar
लाेकपाटी न्यूज

काठमाडौं। जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। यात्रा अनुभव र अनुभूति टिपेर पाठकसँग साट्न रूचाउने लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको हो।

बिहीबार विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत् पुस्तक सार्वजनिक गरिएको हो। ’देश देशावर’ अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो। पाठकलाई संसार घुमाउँदै इतिहास र भूगोलबारे जानकारी दिने यो किताब फाइनप्रिन्टले बजारमा ल्याएको हो।

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए। ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालू’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लेखक स्वीकार्छन्, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ।’

डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफूलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको भनाइ छ। कतै कुनै दृश्यले लोभ्याएर पुगेका बेला र कतै छुट्टी मनाउने उद्देश्यले घुम्न गएका बेला प्रत्येक यात्राका पृथक् भोगाइ, अलग सिकाइलाई आफूले पुस्तकमा समेटेको लामिछानेले बताए।लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्