‘झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार’

chian_
  • 28
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले आरोप लगाएको छ।

पत्रिकाले लामो रिपोर्ट प्रकाशित गर्दै चीनले सीमा मिचेको झूठो खबर फैलिनुमा नेपाली कांग्रेसको मुख्य हात रहेको दाबी गरेको छ। उक्त पत्रिकाले केही नेपाली विज्ञहरूलाई पनि उल्लेख गरेको छ। साथै, नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको संज्ञा दिएको छ।

चीनको मुखपत्र भनेर चिनिने ग्लोबल टाइम्सले रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई मुख्य आरोप लगाएको छ। शाहीले चीन विरोधी भूमिका खेल्न पहल गरेको पत्रिकाले दाबी गरेको छ।

यसअघि शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएको थियो।

शाहीको उक्त भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतको हवाला दिँदै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पत्रिकाले दाबी गरेको छ।

ग्लोबल टाइम्सले नेपालीमा अदृश्य वैदेशिक लगानी रहेको र भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन कोशिश गरेको समेत दाबी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्