ट्रम्पलाई ज्वाइँले भने-निर्वाचन परिणाम स्वीकार गर्नुस्

White House Press Secretary Kayleigh McEnany Holds Briefing
Jared Kushner, senior White House adviser, listens during a news conference in the James S. Brady Press Briefing Room at the White House in Washington, D.C., U.S., on Friday, Sept. 4, 2020. President Trump today said that Serbia and Kosovo agreed to "economic normalization," a step toward ending a two-decade old conflict but a deal that's short of Belgrade recognizing its former province as an independent nation. Photographer: Chris Kleponis/Polaris/Bloomberg via Getty Images
लाेकपाटी न्यूज

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जेराड कुस्नरले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न सुझाव दिएका सीएनएनले जनाएको छ। सीएनएनले स्रोतलाई उदृत गर्दै कुस्नरले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न प्रस्ताव गरेको जनाएको हो।

ट्रम्पले निर्वाचन परिणाम अस्वीकार गर्ने संकेत दिँदै सामाजिक सञ्जाल ट्वीटरबाट आफू विजयी भएको घोषणा गरेका थिए। उनले डेमोक्राटहरुले मत चोरेको आरोप लगाउँदै आएका छन्। उनले लगाएका आरोपहरुलाई अमेरिकी सञ्चार माध्यमहरुले पनि आधारहिन भन्दै रिपोर्ट गर्दै आएका छन्। कतिपय सञ्चार माध्यमहरुले उनको सम्बोधनलाई बीचमै रोकेका थिए।

ट्रम्पको चुनावी अभियानका तर्फबाट विभिन्न राज्यमा मतदानमा धाँदली भएको भन्दै कानुनी रुपमा निवेदन दर्तासमेत गरिसकेका छन्।उनको कानुनी लडाई सोमबारबाट सुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्