ट्रम्पलाई हार मन पर्दैन, त्यसैले गलत अफवाह फैलाएः ओबामा

Barack Obama
लोकपाटी न्यूज

काठमाडौं। पूर्वराष्ट्रपति बाराक ओबामाले वरिष्ठ अमेरिकी रिपब्लिकनहरुले नै चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आधारहीन दाबीलाई समर्थन गर्नुले देशको प्रजातान्त्रिक प्रणालीलाई कमजोर तुल्याएको गुनासो गरेका छन्।

सीबीएस न्युजसँगको अन्‍तर्वार्तामा उनले राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उमेदवार जो बाइडेनले स्पष्ट जित हासिल गरेको पनि बताएका हुन्। अमेरिकी मिडियाले गत साता नै यससम्बन्धी आधिकारिक समाचार सार्वजानिक गरेका थिए। तर उता ट्रम्पले चाहिँ मतगणनामा जालझेल भएको भनि कानुनी प्रक्रिया अघि बढाउने बताइरहेका छन्। उनको टिमले यससम्बन्धी कुनै प्रमाण दिएका छैनन्।

ओबामाका अनुसार ट्रम्पलाई हार्न नपर्ने भएकाले नै उनले यस किसिमले निर्वाचनमा धाँधली भएको गलत आरोप लगाएर अफवाह फैलाइरहेका छन्। उनले थप भनेका हुन्, ‘मलाई के कुराको बढी चिन्ता लागेको छ भने अन्य रिपब्लिकन अधिकारीहरु, जसले यो कुरालाई राम्ररी बुझेका छन्, उनीहरुले समेत यो अफवाहलाई जारी राखिरहेका छन् र समर्थन जनाइरहेका छन्। यसले बाइडेन प्रशासनलाई मात्र प्रभावित नपारेर पूरै प्रजातान्त्रिक प्रणालीलाई नै कमजोर तुल्याइरहेको छ जुन अत्यन्तै जोखिमपूर्ण मार्ग हो।’

हाल ओबामा आफ्नो नयाँ आत्मकथा पुस्तकको तयारी गरिरहेका छन् जुन आगामी नोभेम्बर १७ मा सार्वजानिक हुँदै छ। त्यसमा उनले ह्वाइटहाउसमा आफूले बिताएको समयबारे लेखेका छन्। सञ्‍चारमाध्यम सीएनएनको रिपोर्टअनुसार ओबामाले त्यसमा ‘ट्रम्प एक अश्‍वेत व्यक्तिले अमेरिकाको नेतृत्व गरी शक्तिमा आएको भनि मानिसहरुमा त्रास फैलाएर राष्ट्रपतिको पदसम्म आइपुगेको’ बताएका छन्। -बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्