ट्रम्पले झूट बोलेपछि टीभी च्यानलले बीचैमा काटे प्रत्यक्ष प्रसारण

Donald_Trump
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना सुरु भएको छ। राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहेका बेला ट्रम्पको मत कम देखिन थालेपछि ट्रम्पले आक्रोश पोख्न थालेका छन्।

उनले सम्बोधनका क्रममा पनि झुट बोल्न थालेको पाइएको छ। उनले बिहीबार राति गरेको सम्बोधनमा झुट बोल्न थालेपछि टेलिभिजन च्यानलहरुले बीचमै प्रत्यक्ष प्रसारण काटेका छन्।

ट्रम्पले गलत सूचना दिएको भन्दै टेलिभिजनले प्रत्यक्ष प्रसारण कटाएको जनाएका छन्।प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनहरुका अनुसार ट्रम्पले १७ मिनेटको सम्बोधनमा प्रमाण नभएका दाबीहरू गरेका थिए। डेमोक्रेटहरूले अवैध भोट हालेको अनि निर्वाचन हडप्न खोजेको आरोप ट्रम्पको थियो।

महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले अग्रता बढाउँदै लगेको अवस्थामा ट्रम्पको आक्रोश अभिव्यक्त भएको हो। ‘अमेरिकाका राष्ट्रपतिको भाषणको प्रसारण बीचैमा रोक्ने मात्र नभई सुधार्ने स्थितिमा हामी आइपुगेका छौं,’ एमएसएनबीसी टीभीका प्रस्तोता ब्रायन विलियम्सले बताए। अनि उक्त टीभीले प्रत्यक्ष प्रसारण बीचैमा रोक्यो। एनबीसी र एबीसी न्युजले पनि ट्रम्पको प्रत्यक्ष प्रसारण रोके।

‘अमेरिकी जनताले आफ्ना राष्ट्रपतिबाट यस्तो कुरा सुन्नुपरेको विरक्तलाग्दो स्थिति हो,’ सीएनएनका जेक ट्याप्परले बताए। निर्वाचन हडपेको भन्ने झूटमाथि झूट बोलेको र कुनै प्रमाण नदिइकन आरोप मात्र लगाएको भनी उनले ट्रम्पको भाषणको व्याख्या गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्