ट्रम्पले हार नस्वीकार्नु लस्जास्पद, पद हस्तान्तरण रोकिँदैन : बाइडेन

Waden
लाेकपाटी न्यूज

काठमाडौं। बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले बताएका छन्।

ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए।

गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन।’

विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताए।

जनवरी २० को शपथको दिनसम्म ट्रम्पले पराजय स्वीकार्नेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे।

तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन्। राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गरेपछि औपचारिकता पाउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्