डा. भट्टराईको टिप्पणी : ‘न्यायाधीशले संविधानको स्पिरिट बुझेनन्’

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमको मुद्दामा सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाएका छन्। चुनाव हारेपछि पनि चोर बाटोबाट सांसद/मन्त्री बन्ने कुसंस्कार रोक्नकै लागि संविधानको धारा ७८ (४) बनाइएको उल्लेख गर्दै भट्टराईले न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नहेरेर त्यसको भाव बुझ्नुपर्ने सुझाव दिएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई राष्ट्रियसभा सदस्य तथा संवैधानिक जिम्मेवारी दिन नहुने भन्दै दायर रिटउपर सुनवाई गर्दै बिहीबार सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको थियो। ‘चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद-मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८(४) को व्यवस्था गरिएको हो,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘न्यायाधीशले संविधान र कानुनको अक्षरमात्र होइन त्यसको स्पिरीट पनि हेर्नुपर्छ।’

नाम उल्लेख नगरेपनि जसपा संघीय परिषद अध्यक्ष भट्टराईले नेकपा उपाध्यक्ष गौतमविरुद्ध दायर रिट उपर बिहीबार सर्वोच्चले सुनाएको आदेशतर्फ इंगित गरेका छन्। ‘स्पिरिट’ बुझ्ने संवैधानिक अदालत नराख्दा यस्तो आदेश आएको उनको भनाइ छ। ‘हामीले यो स्पिरीट बुझ्ने संवैधानिक अदालतको सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं?,’ उनले प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्