डेभलपरका लागि ग्लोबल स्किलअप फेस्टिबल हुँदै, कसरी निःशुल्क सहभागी हुने ?

devops_global_skil_up_festival
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। डेभअप्स इन्स्टिच्युटले विश्वभरका डेभलपरहरुलाई लक्षित गर्दै आउँदो डिसेम्बर ७ देखि ११ सम्म ग्लोबल स्किलअप फेस्टिबल आयोजना गर्ने भएको छ। डेभलपरका लागि ग्लोबल स्किलअप फेस्टिभल आयोजना हुने भएको हो।

फेस्टिबलमा सफ्टवेयर तथा स्टार्टअपको क्षेत्रमा लागेका सफ्टवेयर इन्जिनियर, कम्प्युटर इन्जिनियर तथा डेभलपरले सहभागिता जनाउन सक्नेछन्। यो कार्यक्रममा विश्वभरबाट दश हजार डेभलपरलाई कार्यक्रममा सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ।

कार्यक्रममा सफ्टवेयर डेभअप्स (सफ्टवेयरको डिजाइन, टेस्ट र लाइभसम्मको लाइफ साइकल) तथा त्यसक्रममा आउन सक्ने चुनौतीको विषयमा विश्वप्रशिद्ध कम्पनीका विज्ञहरुले मेन्टरशिप समेत प्रदान गर्नेछन्। यो कार्यक्रममा उबर, वालमार्ट, न्युजिल्याण्ड बेंक आदिबाट वक्ताहरु सहभागी हुने बताइएको छ।

डेभअप अन्तर्राष्ट्रिय रुपमा भने स्थापित भइसकेको विषय हो। नेपालका लागि डेभअप्सका एम्बेस्डर समिन तिमिल्सिनाले फेस्टिबलले डेभअपको प्रक्रियामा उत्पन्न हुनसक्ने दुविधालाई हटाउन र कामलाई व्यवस्थित पार्न सहयोग पु¥याउने बताए। उनले भने, ‘स्टार्टअप ग्रो हुँदै जाँदा विस्तारै त्यसलाई व्यवस्थित पार्ने सन्दर्भमा कतिपय कठिनाइ उत्पन्न भइरहेका हुन्छन्। डेभअपको अवधारणा आत्मसाथ गर्दा त्यस्ता स्टार्टअप तथा कम्पनीलाई दीर्घकालीन रुपमा स्थापित हुन सहयोग पु¥याउँछ।’

डेभलपर तथा इन्जिनियरहरुले यहाँ क्लिक गरी आफूलाई रजिस्टर गराएर कार्यक्रममा सहभागी हुन सक्नेछन्। कार्यक्रमपश्चात परीक्षामा सहभागी भएको खण्डमा सर्टिफिकेट समेत प्राप्त गर्न सकिनेछ। सर्टिफिकेटका लागि भने निश्चित शुल्क राखिएको छ। यद्यपि यो ऐच्छिक विषय भएको तिमिल्सिनाले बताए।

डेभअप्स इन्स्टिच्युट विश्वभरका डेभलपरहरुको खुल्ला तथा साझा संगठन हो। जसको पोर्टलमा हरेक दिन डेभअप्स सम्बन्धी लेख तथा रचनाहरु समेत प्रकाशन हुने गरेका छन्। एम्बेस्डर तिमिल्सिनाले अर्को वर्षदेखि नेपालमा समेत डेभअप सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको बताए।

हाल डेभअपमा विश्वभरका १६० भन्दा बढी देशमा एम्बेस्डर रहेका छन् भने सदस्य संख्या ६० हजारभन्दा बढी अभ्यासकर्ता रहेका छन्। सन् २०१५ देखि सुरु भएको डेभअप्सका हाल विश्वभर १५० भन्दा बढी एजुकेसन पार्टनर रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्