तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न आग्रह

less_vehicles_capital20200323__MG_7040 (1)
लाेकपाटी न्यूज

काठमाडौं, २७ कात्तिक। उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ।

बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले काठमाडौं उपत्यकामा बढ्दो संक्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए।

तिहार र छठलगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए।

उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो ‘मोडालिटी’मा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्