त्रिविमा हाजिर हुन पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य

Tribhuwan-University-TU
लाेकपाटी न्यूज

काठमाडौं, १६ कार्तिक। अब त्रिभुवन विश्वविद्यालयका कर्मचारीले हाजिर हुनु पहिले पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएको छ।

कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर कार्यालयले निर्देशन जारी गरेको हो।

त्रिवि रेक्टर कार्यालयअन्तर्गत अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पीसीआर परीक्षणको रिपोर्ट देखाएर मात्र हाजिर गर्न निर्देशन दिएको हो। तर कार्यालयले पहिले कोरोना देखिएका कर्मचारीका हकमा मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनेको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्